प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने १ जना पक्राउ

डिसी नेपाल
१४ भदौ २०८३ १०:५९

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भनी नक्कली बैंक स्टेटमेन्ट र भौचर सामाजिक सञ्जालमा पोस्ट गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसका ३२ वर्षीय भगवान कार्की रहेका छन्।

कार्कीले भोटेकोशी बाढी प्रभावितका लागि खडा गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै आर्टिफिसियल इन्टेलिजेन्स (च्याटजीपीटी) को प्रयोग गरी नक्कली भौचर तयार पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सामाजिक सञ्जालमा भ्रम फैलाउने उद्देश्यले नक्कली भौचर र स्टेटमेन्ट बनाएर पोस्ट गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

विपद्को यस संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत गलत तथा भ्रामक सूचना फैलाउने कार्य नगर्न र सहयोगका नाममा हुने गैरकानुनी गतिविधिप्रति सचेत रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *