अमेरिकी राजदूतावासमा ईरानले आक्रमण गराएको ट्रम्पको आरोप

डिसी नेपाल
१५ पुष २०७६ २०:५८

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको इराकस्थित राजदूतावासको पर्खालमा वरपरसम्म घुसी आगजनी तथा ढुङ्गामुढा गरेको घटनाप्रति गहिरो चासो व्यक्त गरेका छन् ।

उनले इराकी सरकारलाई दूतावासको सुरक्षार्थ इरानी सुरक्षाकर्मीलाई तैनाद गर्न आग्रहसमेत गरेका छन् । ट्रम्पले आफ्नो ट्वीटरमार्फत जारी सन्देशमा भनेका छन्, “हामी चाहन्छौँ इराकले अमेरिकी राजदूतावासको सुरक्षाका लागि आफ्नो सुरक्षाबल तैनाद गरोस् ।”

इरान निकट मानिने एक इराकी समूहका लडाकूद्वारा अमेरिकी कुटनीतिक नियोगमा मङ्गलबार दिउसो आक्रमण भएको थियो । सो समूहले सुरक्षाका लागि निर्माण गरिएको बाहिरी पर्खालबाट राजदूतावास भवन नजिकैको पर्खालमा पुगी अमेरिका विरोधी नाराहरू लगाएको थियो । समूहले पर्खाल वरीपरीबाट आगजनी तथा ढुङ्गामुढाको प्रयाससमेत गरेको थियो ।

राष्ट्रपति ट्रम्पले आक्रमण इरानले गराएको भन्दै यसमा तेहरान जिम्मेवार हुनुपर्ने बताएका छन् । ट्वीटरमा राष्ट्रपति ट्रम्पले भनेका छन्, “अहिले इरानले गोप्यरूपमा अमेरिकी राजदूतावासमा आक्रमण गर्न पुगेको छ । उनीहरू नै यसका लागि पूर्णरूपमा जिम्मेवार हुनुपर्नेछ ।”

इराकस्थित अमेरिकी राजदूतावासमा प्रदर्शनकारी पुग्न सकेको धेरै वर्षपछि यो पहिले घटना हो । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने हुन्छ ।

प्रदर्शनकारीहरूले हासेद अल–शावीको झण्डा बोकेका देखिएको सञ्चारमाध्यमहरूले बताएका छन् । उक्त समूह इराकी सशस्त्र समूहको सिया सञ्जाल हो र उसले इरानबाट प्रशिक्षण लिएको बताइने गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *