निस्सानका पूर्व प्रमुख गोउनलाई लेबनानले सुपुर्दगी गर्न नसक्ने
बेरूत । लेबनान र जापानबीच सुपुर्दगी सन्धि नभएका कारण जापानी प्रसिद्ध कार कम्पनी निस्सानका पूर्व प्रमुख कार्लोस गोउनलाई जापान पठाउन कानूनी कठिनाई रहेको लेबनानी न्यायालय स्रोतले मङ्गलबार बताएको छ ।
आर्थिक अनियमितताको अभियोगमा जापानबाट धरौटीमा रिहा भै मुद्दा लडिरहेका ६५ बर्षीय गोउन सोमबार सुटुक्क एक्कासी लेबनान पुगेपछि यो भनाइ बाहिरिएको हो ।
“लेबनान र जापानबीच सुपुर्दगी सन्धि भएको छैन,” लेवनानको न्यायालय स्रोतले एएफपीलाई बतायो । लेबनानी विदेश मन्त्रालयले जापानबाट लेबनानलाई गोउनका सम्बन्धमा अहिलेसम्म कुनै पत्राचार वा माग नआएको बताएको छ ।
त्यस्तै कानूनका प्राध्यापक तथा पूर्व न्यायमन्त्री इब्राहिम नजीरले लेबनानको कानूनले आफ्ना नागरिकलाई विदेशी भूमिमा सुपुर्दगी गर्ने व्यवस्था नगरेको बताए । उनले एएफपीसँग भने, “लेबनानको कानून अनुसार जापानले सुपुर्दगीका लागि आग्रह गरेमा पनि गोउनलाई पठाउन मिल्दैन ।”
“यदि सुरक्षाका लागि अन्तर्राट्रिय समन्वय गर्ने अन्तराष्ट्रिय गुप्तचर निकाय (इन्टरपोल) ले उनिमाथि पक्राउ पूर्जी जारी गरे पनि लेबनानमा रहँदासम्म गोउनलाई पक्राउ गर्न मिल्दैन ।” गोउनले आफ्नो बाल्यकाल लेबनानमा विताएका थिए ।
नजीरका अनुसार उनलाई प्रवेश केन्द्र र सीमा क्षेत्रसम्म पठाउन सकिन्छ तर इन्टरपोलले उनलाई जवजस्ती लाने वा उसको निर्णय लेवनानमा लागु गराउन दवाव दिन सक्दैन । अर्को सूचना नहुन्जेल गोउन सुरक्षित हुनेछन् । लेबनानले निस्सानका कारका पूर्व प्रमुख रहेका गोेउनलाई सुपुर्दगी गर्दैन तर उनिमाथिका अभियोगमाथि पुनः जाँच गर्न आग्रह गर्न सक्छ ।
गोउनलाई सन् २०१८ को अन्त्यतिर अवैध रूपमा सम्पत्ति लुकाएको भन्दै छानविनका लागि पक्राउ गरिएको थियो । तर पछि धरौटीमा रिहा गर्न जापानी अदालतले आदेश गरेपछि उनि रिहा भै जापानमा नै बस्दै आएका थिए । गोउनमाथि लगाइएका आरोपलाई उनले निरन्तर खण्डन गर्दै आएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment