‘१२ सत्ताईस’ माघ ३ देखि, दोस्रो ट्रेलर सार्वजनिक

डिसी नेपाल
१६ पुष २०७६ १२:३३

काठमाडौं। पैसा कमाउनको लागि १२ सत्ताइस गर्नेहरुको कथामा निर्माण गरिएको चलचित्र ‘१२ सत्ताइस’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। कमेडी शैलीमा ट्रेलर तयार गरिएको छ।

आउँदो माघ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई जोन योञ्जनले लेखन तथा निर्देशन गरेका हुन्।

चलचित्रमा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका हुन्। चलचित्रको सह–निर्मातामा गौतम शाह रहेका छन्। चलचित्रमा अनिश स्यांगदेनको छायांकन, कृष्ण भण्डारीको सम्पादन, विक्रम स्वारको कोरियोग्राफी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *