नयाँ वर्षमा रामकृष्ण ढकालको ‘मौनता…’

डिसी नेपाल
१६ पुष २०७६ १३:००

काठमाडौं। अंग्रेजी नयाँ वर्षको अवसर पारि सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक गरिएको छ। बुधबार ‘मौनतामा धेरै…’बोलको गीत सार्वजनिक गरिएको हो।

गीतमा रामकृष्ण ढकालको एकल स्वर सुन्न सकिन्छ।

दुर्गा खनाल घिमीरेले गीतका शब्दहरु कोरेकी हुन्। गीतमा दिपक शर्माले संगीत दिएका छन्।

गीतको भिडियोमा रामकृष्ण ढकाल र मरिष्का पोख्रेलको अभिनय हेर्न सकिन्छ। शिव विकको कोरियोग्राफी रहेको भिडियोलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। कृष्ण बहादुर थापाको छायाँकन रहेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।

विदेशमा रहेर पनि नेपाली गीत संगीतमा क्रियाशिल गीतकार खनालले यसअघि पनि ‘पशुपतिमा सुनैको गजुर’ बोलको गीत बजारमा ल्याएकी थिईन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *