‘मेरी श्रीमती लैजाउ, ५० करोड देउ, नत्र…’

डिसी नेपाल
१८ पुष २०७६ १४:५४

काठमाडौं। प्रेम विवाह गरेकी श्रीमतीबाट एक श्रीमान यतिसम्म हैरान भए कि उनले निकै आश्चर्यजनक कदम उठाए । यी सनकी व्यक्तिले रेलवेको लिक नै काटिदिए र त्यहाँ एउटा पत्र छोडे । जुन पत्रमा लेखिएको थियो ‘कसैले मेरी श्रीमतीलाई फिर्ता लैजाओस् र मलाई ५० करोड रुपैयाँ देओस् नत्र योभन्दा पनि भयानक विध्वंश हुनेछ ।’

घटना भारतको उत्तर प्रदेश राज्यको मऊको भएको आज तकको समाचारमा उल्लेख छ । जानकारीअनुसार मऊको हलधरपुर थाना क्षेत्रको रतनपुरा रेलवे स्टेशन नजिकै कुनै सनकी व्यक्तिले रेलवे लिगलाई २ इन्चसम्म काटिदिए । त्यहाँ उनले एउटा पत्र पनि छोडेका थिए जसमा लेखिएको थियो ‘कसैले मेरी श्रीमतीलाई लैजाओस् र ५० करोड दिएर जाओस् । यदि माग २ दिनभित्र पूरा भएन भने योभन्दा ठूलो विध्वंश मच्चिनेछ ।’

त्यही बाटो जाँदै गरेका एक व्यक्तिले पत्र देखेपछि यसको सूचना रतनपुराका स्टेशन मास्टरलाई दिए । त्यही बेला त्यहाँबाट एक यात्रुवाहक ट्रेन जानेवाला थियो । स्टेशन मास्टरले सूचना पाउनेबित्तिकै घटनास्थलबाट केही मिटर पर ट्रेन रोके । रेलवे लिक काटिएपछि यातायात नराम्रोसँग प्रभावित भयो । पुलिसका अनुसार प्रेम विवाह गरेपछि श्रीमतीबाट दिक्क भएका कुनै व्यक्तिले यस्तो गरेका थिए । उनले पत्रमा श्रीमतीलाई माइत पठाउनेबारे लेखेका थिए । पुलिसले ती व्यक्तिको खोजी गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *