‘लप्पन छप्पन २’बाट चलचित्रमा डेब्यु गर्दै अस्ट्रेलिया निवासी आना
काठमाडौं। बिगत ३ बर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’मा अभिनय गर्ने भएकी छिन्।
आधा दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी आनाले ‘लप्पन छप्पन २’बाट चलचित्रमा डेब्यु गर्न लागेकी हुन्। चलचित्रमा उनी अर्पण थापाको अपोजिटमा देखिनछिन्।
ढकाल कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन्। चितवनमा जन्मिएकी उनले अस्ट्रेलियामा हुने विविध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि थुप्रै कार्यक्रम संचालन गरिसकेकी छिन्।
नेपाली चलचित्रमा खेल्ने उनको सानैदेखिको रुचि थियो र अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउने उद्धेश्यका साथ अघि बढीरहेकी छिन्।
अन्य चलचित्रमा निरन्तर काम गर्ने उनी बताउँछिन्। विदेशमा बसेर पनि नेपाली चलचित्रलाई माया गर्ने उनि नेपाली कला र संस्कृतिलाई विश्वसामु चिनाउने प्रयासमा लागिरहेकी छिन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment