कार्टून क्रुजको डान्स रहेको अजित घिमिरेको कालीको ठुम्का बजारमा (भिडियो)

डिसी नेपाल
१८ पुष २०७६ २१:४१

काठमाडौं। गायक अजित घिमिरेले हालसालै आफ्नो नयाँ गीत ‘कालीको ठुम्का’ बजारमा ल्याएका छन्।

कार्टून क्रुज र भीमफेदी गाइजको बेजोड नृत्य रहेको सो गीतको संगीत तथा रचना पनि गायक स्वयम् घिमिरेले नै गरेका हुन्। भिडियोको निर्देशन निर्मल लामाले गरेका हुन्।

यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल आशमा विश्वकर्मालाई कालीको भूमिकामा देख्न सकिन्छ। आश्मालाई पर्दामा सरोज अधिकारी, निर्मल लामा लगायत अरु कलाकारहरुले साथ दिएका छन्।

गायक अजित घिमिरेले यसअघि आफ्नो पहिलो सांगीतिक एल्बम ‘प्रस्तुति’ सार्वजनिक गरिसकेका छन्। संगीतका साधक घिमिरे हाल अमेरिकाको उच्च शिक्षा क्षेत्रमा कार्यरत छन्। उनले लुजियाना स्टेट युनिभरसिटीबाट वातावरण विज्ञानमा पी.एच.डी. गरेका छन्। भिडियोको लिंक तल दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *