अनुपविक्रम र रोविनको ‘कमाण्डर’ माघ १० देखि, यस्तो छ ट्रेलर

डिसी नेपाल
२० पुष २०७६ १३:३१

काठमाडौं। चलचित्र ‘कमाण्डर’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।

२ मिनेट४९ सेकेन्डको ट्रेलर एक्सनले भरिएको छ। ट्रेलरमा अभिनेता अनुपविक्रम शाही र रोविन तामाङबीचको टकराव देख्न सकिन्छ। चलचित्रमा अनुप प्रहरी अफिसरको भूमिकामा छन् भने, रोविन तस्करको भूमिकामा प्रस्तुत छन्।

माघ १० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रलाई एलआर विवेक सापकोटाले निर्देशन गरेका हुन्। सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको ‘कमाण्डर’मा अनुपविक्रम र रोविनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा लगायतको अभिनय छ।

‘कमाण्डर’ भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलिबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *