सधै २५ वर्षका राजेश हमाल !
काठमाडौं। बुढो हुने मन आखिर कसलाई पो हुन्छ र? उखानै छ नि ‘तन बुढो भएपनि मन बुढो भाछैन।’ हास्यकलाकार हरिवंश आचार्यले गीत नै गाएका छन्, ‘बुढो हुने मन छैन’।
हिजोआज लाग्छ, हरिवंशले यो गीत अभिनेता राजेश हमालकै लागि गाएका हुन्। किनकी अभिनेता हमाल आफ्नो उमेरलाई लिएर सधै ठट्टा गर्छन्। उनले हरेक कार्यक्रममा आफ्नो उमेर २५ वर्षभन्दा माथि नगएको बताउँछन्।
सोमबार राजधानीको सोल्टी होटलमा चलचित्र प्राविधिक संघको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा कार्यक्रममा पनि हमालले त्यसलाई निरन्तरता दिए। हमालले आफ्नो ३२ वर्षे चलचित्र यात्रा प्राविधिकहरुकै कारण सम्भव भएको बताए। अनि उमेरलाई लिएर ठट्यौली भावमा भने, –‘चलचित्र यात्रा यति त भने, तर मेरो उमेरचाँही २५ भन्दा माथि गएको छैन है।’
बुढो हुने मन हरेक मानिसलाई हुँदैन्। तर, ५० कटेपछि विहे गरेका हमालको त्यो रेडिमेट जवाफ भने अचम्मको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment