गम्भिर विरामीसँग जुधिरहेकी छिन् अनुष्का शर्मा

डिसी नेपाल
२२ भदौ २०७५ १३:३५

एजेन्सी । चर्चित अभिनेत्री अनुष्का शर्मा पछिल्लो समय प्रदर्शनमा रहेको चलचित्र सुई धागालाई लिएर चर्चामा छिन्। अनुष्काका साथमा यस चलचित्रमा वरुण धवन देखिएका छन्। दुबै अहिले चलचित्रको प्रचारप्रसारमा व्यस्त छन्।

यसैबीच अनुष्कालाई लिएर उनका फ्यानहरुलाई दुखको खबर छ। अनुष्काले यतिबेला एक रोगका कारण निकै पीडा खेपिरहेकी छिन्। देख्नमा अनुष्का स्वस्थ देखिएपनि उनी विरामीका कारण भित्रभित्रै निकै पीडामा छिन्। तर पनि उनले आफ्नो कामलाई छोड्न सकेकी छैनिन्।

रिर्पोटका अनुसार अनुष्का यतिबेला इन्टेसिव फिजियोथेरापी सेशनका कारण समस्या भोगिरहेकी छिन्। उनले अहिले यसको उपचार गराइरहेकी छिन्।

चिकित्सकले उनलाई ३, ४ हप्ता आराम गर्न सुझाव दिएका थिए। तर उनी कामका कारण आराम गर्न पाएकी छैनिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *