नवल खड्का ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित
काठमाडौं । लामो समयदेखि राष्ट्रवादी चलचित्रहरु निर्माण गर्दै आएका नायक नवल खड्का ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित भएका छन्।
नायक खड्का दाङमा आयोजित ‘बुद्ध सरयू चलचित्र महोत्सवमा ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित भएका हुन् ।
कार्यक्रममा प्रदेश–५ का सभामुख पूर्ण ब. घर्ती, माननीय सांसद दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी र ईन्द्र जित थारू लगायतले उनलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।
कार्यक्रममा निर्देशक नवीन सुब्बा, निर्देशक र निर्माता मुनाल घिमिरे, अमृत सुनुवार, बिनोद श्रेष्ठ, अनुप सुवेदी लगायत सम्मानित भएका थिए।
मंगलबारबाट सुरु भएको महोेत्सव तीन दिनसम्म चल्नेछ । महोत्सव दाङका बिभिन्न पक्षहरुको प्रचारप्रसार गर्ने उदेश्यले आयोजना भएको हो।
नायक खड्काले राष्ट्रवादी बिषयमा दशगजा, भीमदत्त लगायतका चलचित्र निर्माण गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment