बीबीएलमा सन्दीपको जुत्तामा भिजिट नेपालको प्रचार
काठमाण्डौ । अष्ट्रेलियामा बिग ब्याश लिग (बीबीएल) क्रिकेट खेलिरहेका सन्दीप लामिछानेले नेपाल भ्रमण वर्षको प्रचार अनौठो तरिकाले गरेका छन्। बुधबार सिड्नी थण्डर्सविरुद्धको खेलमा सन्दीपले आफ्नो जुत्तामा भिजिट नेपाल २०२० लेखेका थिए।
यस्तै उनले अष्ट्रेलियामा भइरहेको आगलागीलाई पनि समेटेर आफ्नो जुत्ता रङ्ग्याएका छन् । सन्दीप आबद्ध मेलबर्न स्टार्स क्लबले ट्वीट गरेर सन्दीप लामिछानेले अष्ट्रेलिया आगलागीको लागि सहयोग र आफ्नो देश नेपालको भ्रमण वर्षको अभियानमा समर्थन गरेको जनाएको छ ।
Stars spinner @IamSandeep25 showing his support for people impacted by the bushfires + support for his home country of ??
Place a bid in our auction: https://t.co/lqL0noDo4e pic.twitter.com/WT01klUBQl
— Melbourne Stars (@StarsBBL) January 8, 2020
मेलबर्न स्टार्सले गरेको ट्वीटमा सन्दीप लामिछानेले एउटा जुत्तामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखेका छन् भने अर्को जुत्तामा ‘बुशफायर हिरोज’ लेखेर नमस्ते गरेका छन् । मेलबर्न स्टार्सले अष्ट्रेलियामा भइरहेको आगलागी पीडितको लागि क्लबको तर्फबाट र खेलाडीको व्यक्तिगत तर्फबाट सहयोग संकलन गरिरहेको छ ।







डिसी नेपाल








Facebook Comment