अमेरिका इरानबीच तनाब बढिरहेका बेला खाडी क्षेत्रमा भारतीय युद्धपोत तैनाथ
एजेन्सी । इरान र अमेरिकाबीचको विवाद उत्कर्षमा पुगेका बेला भारतले सो क्षेत्रमा आफ्नो युद्धपोत तैनाथ गरेको छ ।
कुनैपनि परिस्थितिको सामना गर्नका लागि भारतीय नौसेनाले खाडी क्षेत्रमा आफ्नो युद्धपोत तैनाथ गरेको जनाएको छ ।
यो युद्धपोत अमेरिका-इरानसँग लड्न नभई आफ्नो व्यापारिक मार्गको कारोबार सुरक्षित बनाउन भएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।
पछिल्लो समय इरानका सैन्य कमान्डर कासिम सुलेमनी अमेरिकी एयर स्ट्राइकमा मारिएपछि अमेरिका र इरानबीच विवाद चरम बिन्दूमा पुगेको छ ।
बुधबार इरानले इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा मिसाईल आक्रमण गरेको थियो । इरानले यसलाई आफ्नो अमेरिका माथिको कारवाही भनेको छ।
उक्त हवाई आक्रमणमा अमेरिकी सेना सहित ८० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर अमेरिकाले भने यस हमलामा परी कसैको ज्यान नगएको दाबी गरेको छ ।
बुधबार इरानले इराकमा रहेका आफ्ना सैन्य क्याम्पमा मिसाईल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरेर आवश्यक परे मध्यपूर्व क्षेत्रमा शक्ति थप्ने घोषणा गरेका छन् ।
ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले इरानले आफ्नो रवैया परिवर्तन नगरेसम्म अमेरिकाको प्रतिबन्ध जारी राख्ने र अमेरिकी नागरिक वा सेनामाथि कुनै आक्रमण भए थप नाकाबन्दी लगाउने चेतावनीसमेत दिएका छन्।
मध्यपूर्वमा शक्ति थप्ने ट्रम्पको घोषणा
इरान अमेरिकासँग पछि हट्दैनः राष्ट्रपति रौहानी
No ads found for this position

डिसी नेपाल
Facebook Comment