त्रिशूली-३ ‘ए’ को सुरुङमा ड्रिलिङमार्फत अक्सिजन र क्यामेरा पठाउने प्रयास, उद्धार कार्य जारी
काठमाडौं। बाढी र लेदोले पुरिएको त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता मिलेको छ।
बिहानैदेखि प्राविधिक तथा सुरक्षाकर्मीको संयुक्त टोलीले सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत बाटो खोल्ने प्रयास गरिरहेको थियो। सोही क्रममा सुरुङको माथिल्लो भाग (क्राउन) पहिचान गर्न उद्धार टोली सफल भएको छ।
माथिल्लो भाग पहिचान भएसँगै ड्रिलिङबाट बनाइएको प्वालमार्फत सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने कार्य सुरु गरिएको छ। यस प्रयासले सुरुङभित्रको वास्तविक अवस्था पत्ता लगाउनुका साथै सम्भावित रूपमा भित्र थपिएका वा अलपत्र परेका व्यक्तिहरूसम्म अक्सिजन पुर्याउन ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका बाबजुद उद्धार टोलीले प्वालमार्फत आवश्यक उपकरण पठाउने र थुप्रिएको लेदो हटाउँदै उद्धार मार्ग खोल्ने कार्यलाई निरन्तरता दिइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment