नेपालबाट सबैभन्दा बढी निर्यात हुने पाम तेल भारतमा प्रतिबन्धित
काठमाडौं । भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको छ।
पाम आयल नेपालको प्रमुख निकासी वस्तु हो। यसको सबै हिस्सा भारतमा निकासी हुँदै आएको छ।
चालू आवको पाँच महिना (साउन–मंसिर) मा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागले जनाएको छ।
कुल निर्यातमा पाम तेलको हिस्सा २४.२५ प्रतिशत थियो। पाम तेलको निकासी गत आवको सोही अवधिमा एक अर्ब ३५ करोड रुपैयाँ थियो।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो
नेपालका लागि यो ‘नट बोल्ट’ प्रविधिमा आधारित उद्योग हो । इन्डोनेसियाबाट कच्चा पाम तेल ल्याएर सामान्य प्रशोधनपछि भारतमा निकासी हुने गरेको थियो। अन्नपूर्ण पोस्ट् दैनिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment