ट्रम्पले इरानी आक्रमणको विषयमा ओबामालाई मुछे, इरानलाई सघाएको आरोप लगाए
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले २०१३ को ‘मूर्खतापूर्ण’ सम्झौतापछि इरानसँगको शत्रुता बढेको बताएका छन् । यो सम्झौतापछि इरानलाई दिइएको १५० डलरले इरानले उल्टै अमेरिकाविरोधी कार्यक्रम सुरु गरेको ट्रम्पको दावी थियो । ट्रम्पले यो पैसा पाएपछि इरानले अमेरिकालाई धन्यवाद दिनुको सट्टा ‘डेथ टु अमेरिका’ नारा लगाइरहेको बताए । ट्रम्पले यो डीलमा इरानले पाएको पैसा उसले आतंकवाद बढाउन प्रयोग गरेको र यमन, सिरिया, लेबनान, अफगानिस्तान र इराकलाई नर्क बनाएको आरोप लगाए ।
२०१३ मा यो डील हुने बेला अमेरिकामा बाराक ओबामा राष्ट्रपति थिए । वाशिङटन पोस्टको समाचार अनुसार ट्रम्पले पूर्व राष्ट्रपति ओबामाको नाम नलिइ घुमाउरो पाराले भने ‘इरानले अमेरिकी सैन्य बेसमा जुन मिसाइलले अक्रमण गर्यो त्यो मिसाइलको लागि फण्ड यसअघिको (ओबामा) सरकारले दिएको थियो ।’ राष्ट्रपति ट्रम्पले इरानलाई परमाणु शक्ति बन्ने सपना त्याग्न र आतंकवादको साथ छोड्न सुझाव पनि दिए । उनले भने ‘अब समय आइसकेको छ, ब्रिटेन, जर्मनी, फ्रान्स, रुस र चीनले सत्य बुझ्नुपर्छ । साथमा इरानसँग गरिएका डील समाप्त गर्नुपर्छ ।’ ट्रम्पले अब सबै मिलेर इरानसँग नयाँ डील गर्नुपर्ने र विश्वलाई सुरक्षित र शान्तिपूर्ण बनाउनुपर्ने बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment