हिरोइन पछि लागेर ऋषभ पन्तलाई टेन्सन, हैरान भएपछि उठाए कडा कदम

डिसी नेपाल
२६ पुष २०७६ १०:४८

मुम्बइ। भारतीय राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई हिरोइन पछि लागेर तनाव भएको छ । हिरोइन पछि लागेर हैरान भएका पन्तले अन्ततः ती हिरोइनलाई ह्याट्सएपमा ब्लक गरिदिएका छन् । बलिउड अभिनेत्री उर्वशी रौतेलालाई ऋषभले ब्लक गरिदिएका हुन् ।

अंग्रेजी वेबसाइट स्पटब्वायका अनुसार उर्वशी लगातार पन्तसँग सम्पर्क गर्ने प्रयास गरिरहेकी थिइन् । उनले पन्तलाई लगातार ह्वाट्सएपमा फोन गरिरहेकी थिइन् । लगातारको कलले हैरान भएपछि ऋषभले उनलाई ब्लक गरिदिएका हुन् । उर्वशीका पब्लिक रिलेशन म्यानेजरले यो कुराको पुष्टि गरेको समाचारमा उल्लेख छ ।

स्पटब्यायका अनुसार उर्वशी र ऋषभबीच सम्बन्ध भएको हल्ला चलेको थियो । केही मिडियामा उनीहरुबीच सम्बन्ध भएको दावीसहितका समाचार आएका थिए । तर, नयाँ वर्षका बेला ऋषभले गर्लफ्रेण्ड इशा नेगीसँगको फोटो पोस्ट गरेर सबै हल्ला झुटो भएको प्रस्ट पारिदिएका थिए । यसअघि उर्वशीको नाम अर्का क्रिकेटर हार्दिक पंड्याँग जोडिएको थियो । हार्दिकले पनि हालै गर्लफ्रेण्ड नताशा स्टानकोभिकसँग इंगेजमेन्ट गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *