आर्यन र सृष्टि स्टारर ‘बाँध मायाले’को ‘आउने जाने’ गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘बाँध मायाले’को नयाँ रिलिज गरिएको छ। चलचित्रमा समावेस ‘आउने जाने’ बोलको डान्सिङ नम्बरको गीत रिलिज गरिएको हो।
लोकराज अधिकारीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा दुर्गा खरेल, धु्रव विस्को र सुरेश लामाको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आर्यन अधिकारी र सृष्टि श्रेष्ठको नृत्य देख्न सकिन्छ।
भिडियोमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। असोज ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने ‘बाँध मायाले’लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन ।
चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि मुख्य भूमिका रहेको छ ।
रामहरि धिताल र विभिसिका श्रेष्ठको संयुक्त निर्माण रहेको चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन्। चलचित्रमा राजु ढुंगानाको सम्पादन छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment