टिजरमा यस्तो देखियो ‘लप्पन छप्पन २’
काठमाडौं। ‘लप्पन छप्पन २’ को एक्सन प्याक्ड टिजर सार्वजनिक गरिएको छ।
१ मिनेट २३ सेकेन्ड लामो टिजरमा जालझेल र बदलाको कथा देखाईएको छ। टिजरमा कलाकारहरुलाई भिन्न अवतारमा देख्न सकिन्छ।
मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन २’ आउँदो वर्षको बैशाख १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय छ। त्यस्तै चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्ता लगायतले अभिनयमा डेब्यु गर्दैछन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment