इरानले गर्‍याे अमेरिकामाथि अहिलेसम्मकै घातक आक्रमण

डिसी नेपाल
२७ पुष २०७६ २२:४४

तेहरान (एजेन्सी)। इरान र अमेरिकाबीच चर्किएको द्वन्द्वका बिच आइतबार इराकस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ।

जारी तनावका क्रममा यो इरानको सबैभन्दा घातक आक्रमण भनिएको छ। समाचार एजेन्सी एएफपीले सैन्य स्रोतलाई हवला दिँदै इराकस्थित विमानस्थलमा आक्रमण गरिएको जनाएको छ। अमेरिकी सेनाको नियन्त्रणमा रहेको विमानस्थलमा इरानले ४ वटा मिसाइल हानेको बताइएको छ।

आक्रमणको विस्तृत विवरण प्राप्त नभए पनि कम्तिमा ४ जना घाइते भएको बताइएको छ। अमेरिकाले इरानी सैन्य कमाण्डरको हत्या गरेपछि इरानले अमेरिकी सेनामाथि गरेको यो तेस्रो पटकको आक्रमण हो। यसअघि भने कुनै क्षति भएको थिएन। तर, आइतबार केही घाइते भएको बताइएको छ ।

तर, इरानी टेलिभिजनहरुले इरानी सुरक्षा गार्डको हवला दिँदै इरानी आक्रमणको लक्ष्य अमेरिकी सेना मार्नु नरहेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *