श्रीमतीको १६ जनासँग अवैध यौन सम्बन्ध, श्रीमानले सबै १७ जनासँग एकैचोटी लिए बदला

डिसी नेपाल
२८ पुष २०७६ १५:२०

काठमाडौं। आफूलाई धोका दिएर परपुरुषसँग अवैध सम्बन्ध राख्ने श्रीमती र उनका १६ जना ब्वाइफ्रेण्डसँग श्रीमानले एक झट्कामा यसरी बदला लिए कि अहिले उनको सर्वत्र तारिफ भइरहेको छ । घटना जिम्बाब्बेको राजधानी हरारेको हो । एर्करिडाइस मकोमो र मुनशे चारलेन नेकुबको विवाह भएको ४ वर्ष भइसकेको छ ।

जिम्बाब्बेको प्रमुख वेबसाइट आइहरारेका अनुसार मकोमो विगत केही दिन अघिदेखि आफ्नी पत्नीको व्यवहारमा परिवर्तन महसुस गरिरहेका थिए । उनकी पत्नी पेट दुखेको बताउँदै उनीसँग शारीरिक सम्बन्धको लागि अस्वीकार गर्न लागेकी थिइन् । यी सबै कुराहरुका कारण मकोमो निकै तनावमा थए । अचानक एक दिन उनकी पत्नीको फोन उनको हात लाग्यो । पत्नीको फोन हेर्दा उनको होश उड्यो ।

पत्नीको ह्वाट्सएप च्याटबाट उनले थाहा पाए कि उनकी पत्नीको १६ जना पुरुषँग अवैध यौन सम्बन्ध थियो । पत्नीको च्याटमा अश्लील कुराकानी र नग्न तस्वीर भरिभराउ देखेपछि मकोमोले निकै मुस्किलले आफूलाई सम्हाले । ह्वाट्सएप च्याटबाट थाहा भयो, केही दिनअघि मकोमो कामको लागि बाहिर गएका बेला उनकी पत्नीले एक ब्वाइफ्रेण्डसँग ३ दिन बिताएकी थिइन् । यी सब कुराले मकोमोलाई यति धक्का लाग्यो कि उनले पत्नीलाई पाठ पढाउने निश्चय गरे ।

मकोमो आफ्नो कहानी लिएर एक प्रकाशन गृहमा पुगे । मकोमोले आफ्नो दुःख एक अनलाइन प्रकाशन गृहको अगाडि बयान गरे र पूरै विवरणसहित त्यसलाई छाप्न भने । मकोमोले प्रकाशनलाई भने ‘पत्नीका १६ ब्वाइफ्रेण्डसँगको च्याट देखेर मलाई जीवनको सबैभन्दा ठूलो धक्का लाग्यो । यीमध्ये केही च्याट त ह्वाट्सएपको हिडन फिचरमा थिए ।’

मकोमोले अगाडि भने ‘पत्नीलाई मसँग शारीरिक सम्बन्धमा अब रुचि रहेन । उनी कुनै न कुनै बहाना बनाएर मसँग सम्बन्ध राख्न अस्वीकार गर्थिन् । जबमि आफ्ना ह्वाट्सएप ब्वाइफ्रेण्डहरुसँग खुसी थिइन् ।’ रंगेहात समातिएपछि र प्रकाशन गृहसम्म कुरा पुगेपछि मकोमोकी पत्नीले निकै हंगामा गरिन् र आफ्नो सफाइमा कैयौं कुरा भन्ने कोसिस गरिन् ।

दिल टुटेपछि दुखी मकोमोले आफ्नी पत्नी र उनका १६ ब्वाइफ्रेण्डको सबै च्याट सामाजिक संजालमा लिक गरिदिए । मकोमोले भने ‘चार वर्षको विवाहित जीवनमा मैले पत्नीका सबै इच्छा पूरा गरें । उनले जे चाहिन् मैले दिएँ र बदलामा मैले यो सब पाएँ ।’ यो पूरै कहानी अनलाइन छापिएपछि मकोमोकी पत्नी नेकुबको साथमा उनका १६ जना ब्वाइफ्रेण्डलाई बेइज्जतीले बाँच्नै कठिन भएको छ ।

रंगनाइ फोरिची नामका ब्वाइफ्रेण्डले प्रकाशन गृहलाई आफूलाई पहिले नेकुब विवाहित हुन् भन्ने थाहै नभएको बताएका छन् । तवांदा नामका ब्वाइफ्रेण्डले आफू र नेकुब साथीमात्र भएको दावी गरेका छन् । खबरबाट पन्छिँदै एक अन्य ब्वाइफ्रेण्डले त नेकुब आफ्नो नभइ आफ्ना साथीकी गर्नफ्रेण्ड भएको बताएका छन् । नाम र च्याटका साथ खबर छापिएपछि नेकुबसँगै उनका सबै ब्वाइफ्रेण्ड तनाबमा छन् । यद्यपि यीमध्ये धेरैजसोले नेकुबसँग आफ्नो सम्बन्धको खबरलाई अस्वीकार गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *