विराट कोहलीकी पत्नी अनुष्का शर्मा पनि भारतीय क्रिकेट टिमकी कप्तान !

डिसी नेपाल
२९ पुष २०७६ ११:४०

काठमाडौं। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी पत्नी अनुष्का शर्मा पनि भारतीय महिला क्रिकेट टिमकी कप्तानको रुपमा पर्दामा देखिने भएकी छिन् । पछिल्लो समय २०१८ मा शाहरुख खानसँग फिल्म जीरोमा देखिएपछि फिल्मबाट बाहिर रहेकी अनुष्का अब भारतीय महिला क्रिकेट टिमकी पूर्वकप्तान झुलन गोस्वामीको बायोपिकमा झुलनको भूमिकामा देखिँदैछिन् ।

कोलकाताको इडन गार्डेनबाट उनका तवीर भाइरल भएका छन् । बलिउड हंगामाको रिपोर्टअनुसार अनुष्काले २५ जनवरीमा यो फिल्मको प्रोमो शुट गर्नेछिन् । तस्वीरमा अनुष्का झुलन गोस्वामीसँग देखिएकी छिन् । अनुष्काले भारतीय क्रिकेट टिमको पुरानो जर्सी लगाएकी छिन् जुन जर्सी झुलन कप्तान भएका बेला भारतीय क्रिकेट टिमले लगाउँथ्यो । एक फोटोमा उनीहरुलाई सुटिङ गरेको पनि देखिएको छ । यस विषयमा अनुष्काको तर्फबाट भने कुनै आधिकारिक बयान आएको छैन ।

झुलन मिताली राज भन्दा पहिले भारतीय टिमकी कप्तान थिइन् । उनलाई अलराउण्डर खेलाडीको रुपमा चिनिन्छ । २००७ मा आइसीसीले झुलनलाई महिला वर्ष खेलाडीको अवार्ड दिएको थियो । उनले २०११ मा सर्वश्रेष्ठ खेलाडीको रुपमा एम चिदंबरम अवार्ड पनि जितेकी छिन् । उनलाई महिला अन्तर्राष्ट्रिय एकदिवसीयमा सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन् । अप्रिल २०१८ मा उनको सम्मानमा भारतले हुलाक टिकट पनि जारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *