नरभक्षी दाजुभाइ जसले १५० भन्दा धेरै लाश चिहानबाट निकालेर खाए

डिसी नेपाल
१ माघ २०७६ १३:३८

काठमाडौं। मानिसले मानिसकै मासु खाएका घटनाबारे सुन्दा हाम्रो आङ नै जिरिङ्ग हुन्छ । पाकिस्तानमा यस्तै दाजुभाइ छन् जसले चिहानबाट निकालेर १५० भन्दा धेरै लाश खाएका छन् । यी दाजुभाइको नाम मोहम्मद फरमान अली र मोहम्मद आरिफ अली हो । पाकिस्तानको पंजाब प्रान्तको भक्कर जिल्लाका यी दाजुभाइ विवाहित हुन् तर उनीहरुका पत्नी उनीहरुलाई छोडेर गइसकेका छन् । पत्नीहरुले यी दाजुभाइमाथि कुटपिट र गालीगलौजको आरोप लगाएर छोडेर गएका थिए ।

यी दाजुभाइलाई २०११ पहिलो पटक उनीहरुको घर नजिकैको चिहानघाटबाट एक महिलाको शव हराएपछि पक्राउ गरिएको थियो । २४ वर्षमै मृत्यु भएकी ती महिलाको नाम सायरा परवीन थियो र उनको मृत्यु क्यान्सरका कारण भएको थियो । सायराका परिवारले उनलाई चिहानमा गाडेर घर गएका तिए । भोलिपल्ट आएर हेर्दा चिहान खनिएको थियो र सायराको शव हराएको थियो । त्यसपछि उनीहरुले पुलिसमा उजुरी गरे ।

छानबिनका क्रममा पुलिसले सायराको शव हराउनुमा फरमान अली र आरिफ अलीको संलग्नता भएको पायो । त्यसपछि पुलिस उनीहरुको घरमा पुग्दा घरमा एउटा भाँडोमा करीजतै केही चिज पकाएर राखिएको थियो । पुलिसले घरमा सबैतिर खोजतलास गर्दा घरबाहिर एक बोरामा सायराको लाश भेटियो । लाशका अंग काटिएका थिए । त्यसपछि पुलिसले दुवै दाजुभाइलाई हिरासतमा लिएर पकाइएको चीज जाँचको लागि पठायो जहाँ त्यो चिज मान्छेको मासु भएको थाहा भयो ।

पुलिसले जब यी दाजुभाइसँग सोधपुछ गर्यो त्यसपछि निकै आश्चर्यजनक कुराको खुलासा भयो । दाजुभाइले पुलिसलाई बताएअनुसार उनीहरु चिहानमा भर्खरै गाडिएका लाश निकाल्थे र घर लिएर आउँथे । त्यसपछि त्यसको करी बनाएर खान्थे । उनीहरुले त्यतिबेलासम्म सय भन्दा धेरै लाश खाइसकेको बताएका थिए । यो कुरा उनीहरुले अप्रिल २०११ मा पक्राउ परेपछि बताएका थिए । त्यसपछि ती दुवै नरभक्षी दाजुभाइलाई अदालतमा पेश गरियो । तर त्यहाँ एउटा समस्या आयो किनकि पाकिस्तानको कानुनमा यस किसिमका आरोपीलाई के सजाय दिने भन्ने प्रावधान नै थिएन ।

स्पष्ट कानुन नभएपछि उनीहरुलाई चिहानलाई क्षति पुर्याएको र अन्य धारामा मुद्दा चलाइयो । अदालतले दुवैलाई २–२ वर्षको जेल सजाय र ५०–५० हजार रुपैयाँ जरिवानाको सजाय सुनायो । दुवैलाई मियांवाली जेलमा राखियो । यद्यपि उनीहरु जेलमा कम अस्पतालमा धेरै बस्थे किनकि उनीहरुको मानसिक स्वाथ्यको उपचार भइरहेको थियो । जब उनीहरुको सजाय पूरा भयो त्यपछि मे २०१३ मा उनीहरुलाई जेलबाट रिहा गरियो । त्यसपछि दुवै दाजुभाइ आफ्नो गाउँ पुगे तर त्यहाँका स्थानीयले यी दाजुभाइको रिहाइको विरोध गर्न थाले ।

स्थानीयलाई यी दाजुभाइले आफूहरुलाई मार्ने हुन् कि भन्ने डर थियो । अप्रिल २०१४ मा स्थानीयले ती दाजुभाइको घरबाट सडेको मासुको गन्ध आइरहेको भन्दै पुलिसमा उजुरी गरे । त्यसपछि पुलिसले उनीहरुको घरमा छापा मार्दा उनीहरुको घरको एक कोठामा एक बालकको टाउको भेटियो जसलाई मृत्युपछि चिहानमा गाडिएको थियो । त्यहाँ एउटा भाँडोमा मान्छेको मासुको करी पनि थियो । यो दृश्य त्यस्तै थियो जस्तो २०११ मा पुलिसले छापा मार्दा देखिएको थियो ।

पुलिसले उनीहरु दुवैलाई गिरफ्तार गर्यो र फेरि अदालतमा पेश गरियो । अब अदालतको अगाडि फेरि पनि त्यही समस्या थियो कि यस्ता आरोपीलाई के सजाय दिने ? किनकि यस विषयमा कानुनमा कुनै प्रावधान नै थिएन । यो मुद्दालाई पंजाबको सरगोधामा आतंकवाद निरोधक अस्पताललाई सुम्पिइयो । अदालतले यी दाजुभाइलाई बच्चाको चिहानलाई नोक्सानी पुर्याएको, आतंक फैलाएको र सम्पत्ति क्षति पुर्याएको आरोपमा दोषी ठहर गर्दै १२–१२ वर्षको सजाय सुनायो । अहिले दुवै नरभक्षी दाजुभाइ जेलमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *