पुटिनको संविधान सुधार गर्ने प्रस्तावपछि दिमित्री सरकारको सामूहिक राजीनामा

डिसी नेपाल
१ माघ २०७६ २०:२८

मस्को (एजेन्सी)। रुसका प्रधामन्त्री दिमित्री मेदभेदेभ सहित उनको क्याबिनेटका सबै मन्त्रीहरुले राजीनामा दिएका छन्। राष्ट्रपति भ्लादिमीर पुटिनले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधानमन्त्री दिमित्रीको क्याविनेटले पुटिनलाई सहयोग गर्न राजीनामा दिएको बताइएको छ।

पुटिनले प्रधानमन्त्री पदबाट राजिनामा दिएका दिमित्रिसहित सबै सदस्यलाई धन्यबाद दिएका छन्।

राष्ट्रपतिको रुपमा पुटिनको कार्यकाल सन २०२४ मा सकिँदैछ। उनले स्टेट काउन्सीलको शक्ति बढाउने प्रस्ताव पनि पेश गरेका छन् जसको अध्यक्षता उनी स्वयंले गर्ने गर्छन्।
प्रधानमन्त्रीबाट राजीनामा दिएका दिमित्रीलाई पुटिनले राष्ट्रिय सुरक्षा परिषद्को उपप्रमुखमा नियुक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *