को हुन् करिम लाला ? जसले अण्डरवर्ल्ड डन दाउद इब्राहिमलाई बीच सडकमा कुटेका थिए

डिसी नेपाल
२ माघ २०७६ १४:५३

काठमाडौं। भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी र मुम्बइका अण्डरवर्ल्ड डन करिम लालाको बीच भेटघाटको खुलासा गर्ने शिवसेना सांसद संजय राउतले एक नयाँ विवादलाई जन्म दिएका छन् ।

अफगानिस्तानबाट मुम्बइ आएर करिब ३० वर्षसम्म अण्डरवर्ल्डमा राज गरेका करिम लालाको पहुँचको अनुमा यही कुराबाट लगाउन सकिन्छ कि उनले एक पटक दाउद इब्राहिमलाई बीच सडकमा कुटेका थिए । यतिमात्र होइन उनले १९८१ मा दाउदका भाइ शब्बीरको हत्या समेत गराएका थिए । यद्यपि पछि दाउद ग्याङले ग्याङफाइटमा करिमको पूरै ग्याङ समाप्त पारिदिएका थिए । दाउदले शब्बीरको मृत्युको ठिक ५ वर्षपछि १९८६ मा करिम लालाका भाइ रहीम खानलाई मारिदिएका थिए ।

करिम लालाको वास्तविक नाम अब्दुल करिम शेर खान थियो । उनलाई अफगानिस्तानमा पश्तुन समुदायका अन्तिम राजा पनि भनिन्छ । लाला २१ वर्षको उमेरमा भारत आएका थिए । भारत आएर उनले हुलाकबाट हीरा र गहनाको तस्करी गर्न सुरु गरे । १९४० जम्म उनले यो काममा एकतर्फी पकड बनाइसकेका थिए । मुम्बइमा करिम लालाको राज ३० वर्ष अर्थात १९५० देखि १९८० सम्म रह्यो । यस क्रममा उनले असुली, मदिरा, जुवाका अड्डा र हीरा जवाहरातको तस्करीको काम गरे ।

करिम लालाको पहिचान उनको कदकाठीबाट पनि थियो । उनको उचाइ ६ फिट भएको बताइन्छ । उनले धेरैजसो पठानी सुट लगाउँथे । उनको रोबदार व्यक्तित्वका कारण हाजी मस्तान उनलाई वास्तविक डन भन्थे । १९४० को दशकमा अण्डरवर्ल्डमा हत्या हिंसा हुँदैनथ्यो । त्यतिबेला तस्करीको समय थियो । करिम लालाले नै मुम्बइमा मदिराको अवैध बिक्री र जुवाका अड्डा सुरु गरेको बताइन्छ ।

एक समय करिम लाला, हाजी मस्तान लगायतका डनहरुले मुम्बइमा आ–आफ्नो इलाका बाँडेका थिए । त्यही समय दाउदले आफ्ना भाइ शब्बीरसँग तस्करीको काम सुरु गरे । त्यसपछि दाउद करिम लालाको पठान ग्याङको दुश्मन बने । १९८१ मा करिम लालाको ग्याङले दाउदका भाइ शब्बीरको हत्या गरिदियो । त्यसपछि दाउद र पठान ग्याङबीच युद्ध ुरु भयो । यही बीच १९८६ मा दाउदले करिम लालाका भाइ रहीम खानलाई मारिदिए ।

एक जमिनका विषयमा विवाद भएपछि एक महिलाले करिम लालामाथि जमिन खाली कराउन करिम लालाले आफूलाई कुटपिट गरेको आरोप लगाइन् । जब यो केस अदालत पुग्यो त्यसपछि करिम लालालाई सुनुवाइको लागि बोलाइयो । अदालत पुग्नासाथ करिम लालालाई देखेर सबै उभिए । कठघरामा पुगेपछि मजिस्ट्रेटले करिम लालालाई तिम्रो नाम के हो भनेर सोधिन् । जवाफमा करिम लालाले भने ‘यी को कालो कोट वाली महिला हुन् जलाई मेरो नाम थाहा छैन ?’ उनको कुराले अदालतमा हाँसो गुञ्जिएको थियो ।

मानिसहरुका विवादित कुराहरुमा मध्यस्थता गरेर ती विवाद सुल्झाउने करिम लालाको दिनचर्याकै एक काम थियो । यो कुराले उनलाई यति लोकप्रिय बनाइदिएको थियो कि हरेक समाज र सम्प्रदायका मानिसहरु उनीकहाँ सहयोग माग्न आउँथे । करिमकहाँ धनी र गरिबबीच कुनै फरक हुँदैनथ्यो । भनिन्छ, मुम्बइमा उनको घरमा हरेक बेलुका जनता दरबार लाग्न लागेको थियो । जहाँ उनी आम जनतासँग भेट्थे । यसरी भेट्ने कैयौं बलिउड सेलिब्रेटी पनि थिए ।

तस्करीको धन्दामा दाउद आएपछि करिम लालाको धन्दामा असर परेको थियो र यो कुराले उनी रुष्ट थिए । दुवै बीचको दुश्मनी खुलेर अगाडि आइसकेको थियो । बताइएअनुसार एक पटक मुम्बइमा दाउद इब्राहिम करिम लालाको फन्दामा परे । दाउदलाई समातेपनि करिम लालाले सडकमे उनलाई कुटेका थिए । यो कुटाइबाट दाउदलाई गम्भीर चोट पनि लागेका थिए । यो कुरा मुम्बइको अण्डरवर्ल्डमा आच पनि चर्चित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *