२० वटा चरासहित हवाई यात्रा गर्न खोज्ने मानिस विमानस्थलमा पक्राउ

डिसी नेपाल
२ माघ २०७६ १८:४९

बीबीसी । २० वटा जीवित चराहरू सुटकेसमा राखेर यात्रा गर्न लागेका बेल्जियमका एकजना मानिसलाई पेरुको लिमा विमानस्थलमा पक्राउ गरिएको छ। ५४ वर्षीय ह्युगो कोनिङ्ग्सले कागजका साना खाले बाकसभित्र चराहरूलाई राखेर तस्करी गर्ने कोशिश गर्दै गर्दा उनलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका हुन्।

सबै संरक्षित जातका ती चराहरूलाई बेच्नका लागि स्पेनको मड्रिडमा लैजाने योजना रहेको पनि ती अधिकारीहरूले बताए। सबै चराहरू जीवित नै भए पनि केहीले पानीको कमी र तनावको सङ्केत देखाएका थिए र घण्टौं बाकसभित्र बिताएपछि केहीको प्वाँख झरेका थिए।

कोनिङ्गस सोमवार पक्राउ परेका थिए र उनले जङ्गलीजनावरको गैरकानूनी तस्करीको कसुरमा पाँच वर्षसम्मको जेलसजायको सामना गर्नुपर्ने हुनसक्छ। ती चराहरू पेरुका जङ्गलका रैथाने हुन् र तिनलाई इक्वेडर र बोलिभियामा पनि भेटिन्छ।

तीमध्ये दुईवटा हरियो प्वाँख भएका टुकानेट्स् चरा छन् भने १६ वटा एकदमै चम्किलो प्वाँख भएका ट्यानाजर प्रजातिका चरा छन्। यी दुवै प्रकारका साना खाले चराहरूमा रङ्गिन र चम्किलो प्वााँख हुने भएकाले यी चराहरूलाई तस्करहरूले निसानामा पार्ने गर्छन्। पेरुमा १८ सय भन्दा बढी किसिमका चरा पाइन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *