चिनियाँ राष्ट्रपति सि म्यानमार प्रस्थान

डिसी नेपाल
३ माघ २०७६ १९:१४

बेइजिङ । चीनका राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि शुक्रबार म्यानमार प्रस्थान गरेका छन्। म्यानमारका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणका लागि उनि शुक्रबार बेइजिङबाट म्यानमार प्रस्थान गरेका हुन् ।

उनिसँगै अन्य प्रभावशाली नेताहरु पनि भ्रमण टोलीमा सहभागी भएका छन् । टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीअन्तर्गतको राजनीतिक विभागका सदस्य डिङ क्षेछिङ, केन्द्रीय कमिटिको सचिवालय सदस्य तथा महासचिवको कार्यालयका निर्देशक याङ जिएची, केन्द्रीय कमिटि अन्तर्गतको विदेश मामिला कार्यालयका निर्देशक तथा विदेश मन्त्री वाङ यी, राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगका प्रमुख हि लिफेङलगायत छन् ।

चिनियाँ उच्चस्तरीय टोलीले शुक्रबार र शनिबार म्यानमारको औपचारिक भ्रमण गर्न लागेको अधिकारीहरुले जनाएका छन् । विशाल राष्ट्र चीनका राष्ट्रपतिको यो भ्रमणलाई क्षेत्रीय रुपमा महत्वका साथ हेरिएको समाचारमा जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *