सैनिक जनरल सुलेमानीको बलिदान छायाँमा पर्नु हुँदैन : खामेनी

डिसी नेपाल
३ माघ २०७६ २०:२०

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले यूक्रेनी विमान इरानी आकाशबाट ‘भुलवस’ खसालिनु ‘तीतो’ यथार्थ भएको तर कुनै पनि बहानामा अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी सैनिक जनरल कसिम सुलेमानीको बलिदानलाई इरानी जनताले ‘छायाँमा’ नपार्ने बताएका छन् ।

सर्वोच्च नेता खामेनीले तेहरानमा दिएको प्रार्थनामा प्रवचन दिँदै भने, “विमान खसालिनु तीतो दुर्घटना हो, यसले हरेक इरानी नागरिकको मन जलेको छ ।” यूक्रेनी विमानमा मृत्यु हुने अधिकांश इरानी, क्यानडाली तथा यूक्रेनी नागरिक रहेका थिए ।

“केही व्यक्तिले विमान दुर्घटनासँग जोडेर इरानी विशेष बलका मेजर जनरलको शहादत र बलिदानलाई बिर्साउने गरी घटनालाई अतिप्रचारमा ल्याएका छन्,” इरानी जनताका लागि यो दुखद् कुरा हो ।

शुक्रबार तेहरानको प्रसिद्ध मोसाला मस्जिद्मा प्रार्थनासभामा सन् २०१२ पछि पहिलो पटक सम्वोधन गर्दै इरानविरोधी शक्तिले दुर्घटनालाई इस्लामिक गणराज्यको विरूद्धमा प्रचारप्रसार गर्न लागि परेका उनले बताए ।

खामेनीले भने, “अमेरिकी आक्रमणमा इराकमा मारिएका जनरल सुलेमानीको योगदान इरानमा मात्र सीमित थिएन । सुलेमानीको विरोधमा इरानमा भएका प्रदर्शनमा सहभागी केही सयको सङ्ख्यामा रहेका व्यक्ति इरानी हुन् कि सुलेमानीको मृत्युमा शोक मनाउन लाखौँको सङ्ख्यामा सडकमा उत्रिएका व्यक्ति इरानी हुन् यसलाई बुझ्नु जरूरी छ ।”

खामेनीको धार्मिक सम्वोधनपछि शुक्रबार नै सुलेमानीको सम्मान, इरानी सैनिक बल र क्रान्तिकारी लडाकू समूहको पक्षमा प्रदर्शन गर्न इरानी अधिकारीहरूले आग्रह गरेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *