कुहिरोका कारण त्रिभुवन विमानस्थलबाट हुने सबै उडान अवरुद्द

डिसी नेपाल
४ माघ २०७६ ८:२५

काठमाडौँ । बाक्लो कुहिरो लागेर भिजिविलिटी कमभएसँगै त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्द भएका छन् ।

विमानस्थलको भिजिविलिटी ५० मिटर मात्रै रहेका कारण शनिबार बिहान पनि त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान अवरुद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले काठमाडौँसहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेका कारण सडकमा गाडी चलाउन र पैदल हिँड्न पनि समस्या भएको छ।

भिजिविलिटी कम भएकाले विस्तारै गाडी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *