गुप्तांगमा सूर्ती किन राख्दैछन् महिलाहरु ?

डिसी नेपाल
४ माघ २०७६ १५:०८

काठमाडौं। नशालु पदार्थको रुपमा प्रयोग हुने सूर्तीको प्रयोग अब यौन सुख बढाउन प्रयोग हुन थालेको छ । द सनको एक रिपोर्ट अनुसार महिलाहरुले गुप्तांगमा सूर्ती राखेर यौन सुख बढाउने प्रयास गरिरहेका घटनाहरु लगातार सार्वजनिक भइरहेका छन् । तर, डाक्टरहरुले भने यौन सुखको चाहनामा यस्तो गरिरहेका महिलाहरुले आफ्नो जीवनसँग खेलवाड गरिरहेको बताएका छन् । एकतर्फ मानिसहरुले यसलाई यौन सुख बढाउने उपाय भनिरहेका बेला अर्कोतर्फ डाक्टरहरुले यस विषयमा चेतावनी जारी गरेका छन् ।

डाक्टरहरुले यस्तो गर्दा सदाका लागि यौन सुख गुमाउनुपर्ने चेतावनी दिएका छन् । सूर्तीजन्य पदार्थको माध्यमले यौन सुख बढाउने प्रयास गर्नु भनेको मृत्यु निम्त्याउनु जस्तै भएको डाक्टरहरुको भनाइ छ । प्रोफेसर पास्कल फमेन भन्छन् ‘सूर्ती अल्सर जस्ता रोगको कारण बन्छ । यसले योनीलाई खुम्च्याएर कठोर बनाउँछ । यसले योनीद्वार सदाका लागि बन्द गर्न पनि सक्छ ।’ एक रिपोर्टअनुसार सूर्तीले सामान्य अवस्थामा हुने महिनावारीलाई पनि प्रभावित गर्छ ।

स्त्रीरोग विशेषज्ञ डाक्टर अब्डुलाये डियोपको भनाइ अनुसार यो योनी साँघुरिने समस्याको पनि ठूलो कारण बन्न सक्छ । गुप्तांगमा सूर्ती राख्ने पीडितहरुले आफ्नो यौनांग साँघुरिँदै गएको महसुस गर्न थालेका छन् किनकि उनीहरुका अन्तरंग मांशपेशी पछाडितर्फ सर्दै गइरहेका छन् । डाक्टर डियोप भन्छन् ‘यो भावना क्षणिक र भ्रामक हो । यस्तो गर्नु भेजिनल मुकोसाको लागि खतरनाक हुन्छ । जसको कारण क्यान्सरजस्तो घातक रोगको खतरा पनि बढ्छ ।’

यस किसिमका धेरै घटना पश्चिमी अफ्रिकी देश सेनेगलमा सार्वजनिक भइरहेका छन् । यहाँ मानिसहरुमा भ्रम छ कि सूर्तीले यौन सम्बन्धमा क्रममा चरम सुख दिलाउन सक्छ । यहाँ यो उत्पादन सूर्तीका सुकेका पात, रुखका जरा मिसाएर बनाइन्छ जसमा यसलाई असरदार बनाउनको लागि सोडा र शिआ बटर जस्ता पदार्थ पनि मिसाइन्छन् । सूर्तीको प्रयोग गरेर यौनसुख बढाउन प्रयास गर्ने यी महिलाहरुसँग सेनेगलकी एक स्वास्थ्यकर्मी ग्निमा न्डियाएले कुराकानी गरेर उनीहरुलाई यसको खतराबारे बताइरहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *