कासिमिरो चम्किदा रियलको जित, ला लिगाको शीर्ष स्थानमा

डिसी नेपाल
४ माघ २०७६ २३:०२

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेभियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा रियलको जितमा कासिमिरो नायक बने । दुवै गोल उनले गरे । सेभियाका लुक डी जोङले एक गोल फर्काए ।

रियलका कासिमिरोले खेलको ५७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि ६४ औं मिनेटमा सेभियाका लुक डी जोङले गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर कासिमिरोले ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जित दिलाए।

जितसँगै रियल ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। रियलले २० खेलमा ४३ अंक जोडेको छ। दास्रो स्थानको बार्सिलोनाको १९ खेलमा ४० अंक रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *