श्रीमान् हप्तामा ३ दिन जेठीसँग, ३ दिन कान्छीसँग र १ दिन छुट्टी बस्ने सम्झौतामा धाँधली भएपछि…

डिसी नेपाल
६ माघ २०७६ १३:५८

काठमाडौं। एउटी श्रीमती हुँदाहुँदै श्रीमानले अर्की श्रीमती ल्याएपछि दुई श्रीमतीले श्रीमानको बाँडफाँड गरे । तर यो बाँडफाँडमा धाँधली भएपछि तनाव भएको छ । भारतको झारखण्डमा भएको यो विवादमा एक श्रीमती पुलिस थाना पुगेकी छिन् । आज तकको समाचार अनुसार थाना पुग्ने श्रीमतीले सम्झौताको नियम उल्लंघन गरिएको आरोप लगाएकी छिन् । उनले आफूले न्याय नपाउँदासम्म थानाबाट नफर्कने अडान लिएकी छिन् ।

घटना झारखण्डको राँची शहरको हो । राजेश कुमार नामका एक व्यक्तिले श्रीमती हुँदाहुँदै अर्की महिलासँग सम्बन्ध राखे । अर्की महिलासँग लामो समयसम्म लिभ इन रिलेशनशिपमा पनि बसे । गएको डिसेम्बर ३१ का दिन उनले आफ्नी गर्लफ्रेण्डसँग बिहे गरे र उनलाई कान्छी बनाएर घरमा भित्र्याए । घरमा कान्छी ल्याएपछि जेठीले विरोध गरिन् । जेठीको विरोधपछि कान्छी पुलिस थाना पुगिन् । घरमा विवाद भएपछि उनीहरु तीनैजना मिलेर सम्झौता गरे ।

केही समयसम्म यही सम्झौताअनुसार सबै काम भयो तर अब सम्झौताको विषयमा विवाद भएपछि कान्छी श्रीमती पुलिस थाना पुगेकी छिन् । उनीहरुले सम्झौतामा श्रीमान हप्तामा तीन दिन जेठी श्रीमतीसँग, तीन दिन कान्छी श्रीमतीसँग बस्ने सहमति गरेका थिए । श्रीमानलाई हप्तामा १ दिन विदा पनि दिइएको थियो । यो सम्झौता लिखित रुपमा भएको थियो । तर, जेठीसँग गएका राजेश नफर्किएपछि कान्छी पुलिस गुहार्न पुगेकी छिन् । पुलिस यो विषयमा केही बोल्नबाट तर्किंदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *