काबुलमा अज्ञात सशस्त्रधारी समुहद्वारा एकै परिवारका ४ जनाको हत्या

डिसी नेपाल
७ माघ २०७६ ७:१७

काबुल । अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अज्ञात सशस्त्र हतियारधारी एक समूह प्रवेश गरी एकै परिवारका चार सदस्यको हत्या गरेका छन्।

हत्या गरिएकाहरुमा तीन जना बालबालिका पनि रहेको गृह मन्त्रालयका प्रवक्ता नसरात रहिमीले सोमबार जानकारी दिए ।

अज्ञात सशस्त्र समूहले आक्रमण गरेका यो घर सरकारी कर्मचारी भएको बताइएको छ।

रहिमीका अनुसार सरकारी कर्मचारीको घरभित्र छिरेर मारिएका व्यक्तिहरुमा आमा र तीन बालबालिकालगायत परिवारका चार सदस्यलाई निर्मम हत्या गरेका छन्।

युद्धग्रस्त यस मुलुकमा गएको तीन दिनमा नै परिवारका सदस्यहरूको क्रुर हत्या भएको यो दोस्रो घटना हो।

गत शनिबार अफगानिस्तानको उत्तरी प्रान्त फर्याब अन्दखोई जिल्लामा यस्तै घटनामा केही अज्ञात हतियारधारी व्यक्ति एउटा घरभित्र पसेर एक परिवारका चार सदस्यको हत्या गरेका थिए।

रहिमीले यस घटनाको अनुसन्धान गरी न्याय दिलाउन कोसिस जारी रहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *