प्याब्सनको ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन हुने

डिसी नेपाल
७ माघ २०७६ १६:२५

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । प्याब्सनको आयोजना र सीटीएफ नेपालको सहयोजनामा सम्मेलन माघ ९ र १० गते काठमाडौंमा हुनेछ ।

विश्वमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपालको शिक्षालाई समय सापेक्ष रुपमा अगाडी बढाउन सम्मेलनको आयोजना गरिएको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बताए । नेपालको श्क्षिा प्रणाली पुरानै विधि र ढंगले अगाडी बढिरहेकोले यसलाई समय सापेक्ष रुपमा अगाडी बढाउन सहयोग गर्ने उद्देश्यले प्याब्सन अगाडी बढिरहेको उनले बताए । अहिलेको आश्यकता शिक्षालाई सीपसँग जोड्न सकेमात्रै व्यवहारिक हुने उनको भनाई छ ।

सम्मेलनमा देश विदेशका विभिन्न विज्ञहरुको आफ्नो प्रस्ततीहरु दिने कार्यक्रम रहेको छ । कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरु, विश्वविद्यालयका प्राध्यापक, निजी विद्यालयका संचालक प्रधानाध्यापक, शिक्षक सामुलायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षा नीतिमा काम गर्ने विज्ञहरु लगायत ३ सयभन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सम्बोधन गर्ने कार्यक्रममा स्वामी आनन्द अरुणले आध्यात्मिक मूल्यमान्यता, प्रा.डा.बालचन्द्र लुईंटेलले स्टिम एजुकेशन, डा. सुशिल कँडेलले विद्यालयमा मनोविज्ञान लगायत अन्य विज्ञहरुले आफ्नो प्रस्तुति दिनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *