दीपक मनाङेद्वारा एन्फाका अध्यक्षलाई मुक्का प्रहार

डिसी नेपाल
८ माघ २०७६ ७:२४

पोखरा । गण्डकी प्रदेशका एक प्रदेश सांसदद्वारा एन्फाका कास्की जिल्ला अध्यक्षलाई तीन झापड हानेका छन् ।

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका हुन्।

सोमबारबाट लेखनाथको भण्डारढिकमा सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाएका उनले प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला झापड हानेका थिए।

सांसद मनाङेले भने, ‘तीन झापड हानेको हुँ। अब बुद्धि आउला।’ गाउँबाट बोलाएर‘ मनाङबाट आएको सात दिन भयो।

आफैँले पालेर राखिदिएको छु । यिनीहरुले अहिलेसम्म ग्राउन्ड दिएका छैनन्, गाडी दिएका छैनन् । यिनीहरुले के गरेको ? कहाँ सुत्ने केही थाहा छैन, अब हाम्रो मनाङको गेम त यहाँको कास्की र हेम्जाको जस्तो त होइन नि ।’ मनाङको खेल भोलिबाट हुँदैछ ।

सांसद मनाङेले मनाङबाट आएका खेलाडीहरुले एक सातादेखि भत्ता दिनुपर्ने माग गरेको र आफूले दिन नसक्ने बताएपछि हातपात भएको एन्फा कास्कीका अध्यक्ष गुरुङले जानकारी दिएका छन्।

नेपाल समाचारपत्र दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *