काबुलमा आइएस लडाकूद्वारा आत्मसमर्पण

डिसी नेपाल
८ माघ २०७६ १३:१२

काबुल । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको द्वन्द्वग्रस्त प्रान्त नान्गाहारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका केही सदस्यले आत्मसमर्पण गरेका छन्।

अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बल समक्ष आइएसका कमाण्डरहरु समेत गरी कम्तीमा पनि १२ जनाले आत्मसमर्पण गरेका हुन्।

ती सुरक्षा अधिकारीहरुका अनुसार केही स्थानीय कमाण्डरसहित १२ जना लडाकूले अफगानिस्तानको राजधानी काबुलबाट दक्षिणतर्फ अवस्थित सो प्रान्तमा रहेको सेनाको एक ब्यारेकमा आएर आत्मसमर्पण गरेका हुन्।

नान्गाहार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षा बलले जारी राखेको कारबाहीको क्रममा १२ आइएस लडाकू समूहले आफूसँग रहेका शक्तिशाली हतियारसहित अफगान विशेष सेनासमक्ष आत्मसमर्पण गरेका छन्।

अफगान सेनाद्वारा जारी विज्ञप्तिमा बाँकी आइएस सदस्यले पनि आत्मसमर्पण गर्ने तयारी गरेको सूचना सरकारलाई प्राप्त भएको उल्लेख छ।

उनीहरुसमक्ष आत्मसमर्पण बाहेक अर्को कुनै विकल्प नभएको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

गत हप्तामात्र पनि उक्त क्षेत्रमा केही लडाकूहरुले सुरक्षा बल समक्ष आत्मसमर्पण गरेका थिए।

सो आतंककारी समूहमा लागेका महिला तथा केही बालसैन्य समेत गरी ७०० भन्दा बढीले गत हप्ता आत्मसमर्पण गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *