कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
दमौली । लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–६ बस्ने २७ वर्षीय बमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
विकलाई व्यास नगरपालिका–३ दमौली बजारबाट बिहीबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ परेका विकलाई जिल्ला अदालत पेश गरिएकोमा तोकिएको कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको छ।
अदालतले विकलाई विसं २०७५ जेठ १४ गते एक महिना २३ दिन कैद र रु सात हजार जरिवानाको फैसला गरेको थियो। त्यसयता विक फरार सूचीमा रहेका थिए।
विक विसं २०७३ चैत १५ गते व्यास नगरपालिका–२ सिद्धार्थ चोकबाट लागुऔषधसहित पक्राउ परेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment