फ्राइडे रिलिजमा अनुपको ‘कमाण्डर’

डिसी नेपाल
१० माघ २०७६ ११:१०
4
Shares

काठमाडौं। पुस महिनाभर हलमा नेपाली फिल्मको खडेरी देखियो। माघबाट भने हलमा नेपाली फिल्मको उपस्थिति देखिन थालेको छ। गत हप्ता नेपाली फिल्म ‘१२ सत्ताईस’ प्रदर्शनमा आएको थियो। यो हप्ता फिल्म ‘कमाण्डर’ प्रदर्शनमा आएको छ। फिल्म एकल प्रदर्शनमा आएको हो।

समसायिक राजनीति, भ्रष्टाचार, तस्करीलगायतका विकृतिबिरुद्धको आवाजका रुपमा अर्थयाइएको फिल्मको लेखन, निर्माण र निर्देशन एलआर विवेक सापकोटाले गरेका हुन्।

फिल्ममा अनुपविक्रम शाही, रबिन तामाङ शिर्ष भूमिकामा छन्। त्यस्तै ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नव नायिकाद्धय साधना सिलवाल र सगुन थापा मुख्य भूमिकामा छन्।

इमान्दार प्रहरी अधिकृतले समाजमा ब्याप्त भ्रष्टाचार, तस्करी, कालोबजारी नियन्त्रण तथा निर्मूलका लागि के कस्तो परिस्थितिसँग जुध्ने गर्दछ भन्ने बिषयमा निर्माण गरिएको फिल्मले भरपुर मनोरञ्जनका साथै सामाजिक सन्देश समेत प्रवाह गरेको निर्देशक सापकोटा बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *