१५ वर्ष पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन गर्ने निर्णय

डिसी नेपाल
१० माघ २०७६ ११:४८

अमृतसर । वायु प्रदूषण न्यून गर्ने उद्देश्यले भारतको पञ्जाब राज्यमा १५ वर्षभन्दा पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन गरिने भएको छ।

राज्य सरकारको वातावरण तथा जलवायू विभागको प्रस्तावमा नयाँ विद्युतीय वा सिएनजी सञ्चालित तीन पाङ्ग्रे सवारी साधनलाई अनुमति दिइने छ।

तन्दरुस्त पञ्जाब अभियान अन्तर्गत सञ्चालित यस कार्यक्रमबाट लाखौं प्रभावित हुनेछन्।

अभियानका निर्देशक के एस पन्नुले विद्युतीय सवारीको प्रयोगले राज्यको वायू प्रदूषण नियन्त्रणमा निकै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

पञ्जाबमा हाल लाखौंको संख्यामा पेट्रोलबाट सञ्चालन हुने तीन पाङ्ग्रे सवारी साधन गुडिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *