अमेरिकाको टेक्सासमा ठूलो विस्फोट : प्रहरी

डिसी नेपाल
१० माघ २०७६ १९:३६

ह्युस्टन । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा शुक्रबार ठूलो विस्फोट भएको प्रहरीले बताएको छ । बिहानै विस्फोट भएपछि स्थानीयलाई त्रसित बनेका थिए ।

शहरको पश्चिमी क्षेत्रमा विस्फोट भएपछि प्रहरी त्यसतर्फ गएको थियो भने सुरक्षा प्रशासनले शहरमा भीडभाड नगर्न आग्रह गरेको ह्युस्टन प्रहरीले जनाएको छ ।

अमेरिकी समाचार संस्था सीएनएनले विस्फोट बिहान ४ः १५ मा भएको र शहरको पश्चिमी क्षेत्रका केही भवनहरू बेसरी थर्किएका थिए ।

केही स्थानीयले आफ्नो घरमा भ्यालका शिशाहरू चर्किएको बताएका छन् । समाचार सङ्कलन गर्दासम्म घटनामा कोही घाइते भएका वा नभएकाबारे थप विवरण उपलब्ध भइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.