ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

डिसी नेपाल
११ माघ २०७६ १२:४५

बैतडी । ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका–६ मनहेरा का २६ बर्षीय दीलकुमार चौधरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त ९०१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

सतबाँझबाट खोचलेकतर्फ गइरहेको ट्याक्टर सडकबाट करिव २५ मिटर तल खसेको आज बिहान थाहा भएको हुँदा दुर्घटनाको कारण भने खुल्न सकेको छैन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *