कोचिङ कक्षाको भवन भत्किँदा ५ जना विद्यार्थीको मृत्यु
काठमाडौं। भारतको नयाँ दिल्लीमा एक कोचिङ कक्षा चलिरहेको भवन भत्किँदा ५ जना विद्यार्थीको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार कक्षा चलिरहेको समयमा भवनको छत भत्किएको थियो।
छत भत्किँदा विद्यार्थी त्यसमा पुरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। दिल्लीको गोकलपुरमा सो घटना भएको बताइएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल घटनास्थल पुगेका छन्। उद्धारकर्ताहरुले पुरिएकाहरुको उद्धार जारी रहेको बताएका छन्।
घटनामा केही विद्यार्थी र अन्य मानिसहरु पनि घाइते भएको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment