पोर्टो रिकोमा भूकम्प

डिसी नेपाल
१२ माघ २०७६ १२:५७

वासिङ्टन । क्यारेबियन द्वीप पोर्टो रिकोमा शनिबार ५ म्याग्नीच्यूडको भूकम्प गएको छ।

गत डिसेम्बरयता दैनिकजसो पोर्टोरिकोमा भूकम्पका धक्का महशुस गरिएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ।

स्थानीय समय अनुसार अपराह्न ४ बजेर २० मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु जमिनको सतहबाट करिब १६ मिटर गहिराईमा रहेको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ।

भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाउँदै स्थानीय मानिसहरु त्रसित भएर घरबाहिर निस्केको स्थानीय अधिकारीहरुले बताएका छन्।

पोर्टो रिकोमा गत जनवरीमा ६.४ र ५.८ का शक्तिशाली दुईवटा भूकम्प गएर जनधनको क्षति भएपछि पोर्टो रिकोका गभर्नर वान्डा भाजक्वेजले गत जनवरी ७ मा आपतकालीन स्थितिको घोषणा गरेका थिए ।

पोर्टो रिकोमा करिब ३४ लाख जनसंख्या रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *