२५ दिनमा सकियो स्वस्तिमाको ‘बुलबुल’

डिसी नेपाल
२५ भदौ २०७५ ६:१४

काठमाडौं । नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलबुल’को छायाँकन २५ दिनमा सुटिङ सकिएको छ। साउनको अन्तिम हप्ताबाट फ्लोरमा गएको चलचित्र निर्धारित समयभन्दा अगाडि नै सकिएको निर्माण टिमले जानकारी गराएको छ । निर्देशक बिनोद पौडेलले एउटा गीतको काम बाँकी राखेर चलचित्रको काम सकाएको जानकारी दिए।

चलचित्रमा टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा उतार्ने प्रयास गरिएको छ । जुन भूमिकामा स्वस्तिमा खड्का देखिँदैछिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । चलचित्रमा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी छिन् ।

सुटिङ सकिएसँगै चलचित्रले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । निर्माता अबिरल थापाले चलचित्र भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुने जानकारी गराए । ‘नेपाली मिति अनुसार फागुन ३ गते फिल्म रिलिज गर्ने निर्णय गरेका छौं,’ थापाले भने, ‘डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल रिलिज गर्ने सोच अनुरुप फागुनको समय राखेका हौं ।’

चलचित्रमा स्वस्तिमाका साथमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायाङ्कन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् ।

चलचित्रमा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ । चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडेल मिलेर बनाएका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *