‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्रको निर्देशनमा ‘२ नम्बरी’ बन्ने

डिसी नेपाल
१३ माघ २०७६ १८:०७

काठमाडौं। यस वर्षको ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘२ नम्बरी’ निर्माण हुने भएको छ।

सोमबार राजधानीमा एक कार्यक्रमकाबीच यो फिल्म निर्माणको घोषणा गरिएको हो। फिल्ममा दयाहाङ राई, पल शाह, वर्षा राउत र बुद्धि तामाङको शिर्ष भूमिका रहनेछ। दुई मिल्ने साथीको कथामा बन्ने फिल्ममा निर्देशक दीपेन्द्रकै कथा रहनेछ।

माग अन्तिम साताबाट छायांकन शुरु हुने फिल्मको अर्को वर्षको जनै पूर्णिमामा प्रदर्शन मिति तोकिएको छ। रेड वर्ड प्रोडक्सन र आरआएर फिल्म प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहने फिल्मको प्रस्तुतकर्तामा किरण नेपाली छन्। अमलादेवी राई सह–निर्माता रहको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन्।

‘२ नम्बरी’ मा दयाहाङ र वर्षासँग निर्देशक लामाको दोस्रो सहकार्य हुनेछ। दीपेन्द्रले आफ्नो डेब्यू फिल्म ‘घामपानी’मा दयाहाङ र दोस्रो फिल्म ‘गोपी’मा वर्षासँग काम गरेका थिए। पलको भने निर्देशक लामा र दयाहाङसँग पहिलो सहकार्य हुनेछ। त्यस्तै पल र वर्षाले ‘नाइ नभन्नू ल ४’ तथा दया र वर्षाले ‘जात्रै जात्रा’मा सँगै काम गरेका थिए।

घोषणा कार्यक्रममा उपस्थित कलाकार दयाहाङ, पल र वर्षाले ‘२ नम्बरी’ फिल्म राम्रो बन्नेमा विश्वस्त देखिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *