निर्माण व्यवसायीहरु बिना समृद्ध मुलुक बनाउन असम्भव : उप–प्रधानमन्त्री पोखरेल

डिसी नेपाल
१४ माघ २०७६ १६:५२

काठमाडौं । उप–प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले निर्माण व्यवसायीहरुको रचनात्मक सहयोग बिना समृद्घ मुलुक बनाउन नसकिने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसंग मंगलबार भएको भेटमा मन्त्री पोखरेलले व्यवसायीहरुका समस्यहरु समाधानका लागि पहल गर्ने बताए ।

महासंघको २१ औ साधारण सभाको भक्तपुर घोषणा पत्र बुझ्दै उप–प्रधानमन्त्री पोखरेलले व्यवसायीहरुका मागका विषयमा मन्त्रीपरिषद्मा छलफल गरिने बताए ।

भेटमा महासंघ प्रतिनिधिमण्डलले व्यवसायीका समस्या समाधानका लागिपहल गरिदिन अनुरोध गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले महासंघको २१ र्औ साधारण सभाबाट पारित भएको ३१ बुँदे घोषणा पत्र तथा निर्माण व्यवसायीहरुको वर्तमान समस्यहरुको बारेमा जनाकारी गराएको थियो ।

उक्त घोषणा पत्रमा समेत रहेको सार्वजनिक खरिद ऐन २०६३ को दफा १० (५) लाई संशोधन गरी २ करोडको सट्टा ५ करोड सम्मको निर्माण कार्य खरिदमा कुनैपनि योग्यता नराखी जुनसुकै निर्माण व्यवसायीले भाग लिन पाउनु पर्ने तर २ करोडभन्दा माथिको ५ करोड सम्मको निर्माण कार्यको लागि पाँच वर्ष पुरानो कम्पनीले र सम्बन्धित जिल्लाका कम्पनीले मात्र भाग लिन पाउने गरी बढीमा तीन वटा प्याकेजसम्मको निर्माण कार्य गर्न मिल्नेव्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेको थियो ।

“विगत ३–४ महिनाको अवधिमा व्यवसायीका करीब २० करोड भन्दा बढीको उपकरणमा आगजनी गरिएको छ” सो को सुरक्षाको लागि सम्बन्धीत निकायहरुमा पहल गरिदिन अध्यक्ष सिंहले आग्रह गर्नूृ भएको थियो ।

प्रतिनिधिमण्डलमा अध्यक्ष सिंहसँगै महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा, सल्लाहकार जयराम लामिछाने, उपाध्यक्ष आङ दोर्र्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल, उप–महासचिव टंकप्रसाद चौलागाई (नीतिगत), केन्द्रीय सदस्य उज्वल गौतम महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.