आफैले बोकेको बन्दुक पड्किँदा बर्दियामा १ जना प्रहरी घाइते
सांकेतीक तस्वीर
काठमाडौं । बर्दियामा आफैले बोकेको बन्दुक पड्किँदा एक जना प्रहरी घाइते भएका छन् । विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न गएका प्रहरीले आफैले बोकेको बन्दुक पडकिएको हो ।
प्रारम्भिक जानकारी आएको आए अनुसार प्रहरीको दाहिने खुट्टामा गोली लागेको छ । घाइते प्रहरीको परिचय भने खुलाईएको छैन ।
उक्त प्रहरी टोलीले विप्लव समूहका दुई जनालाई पक्राउ गरेको र दुई जना फरार रहेको जनाएको छ । पक्राउ पर्नेमा जयबहादुर ठाडा मगर र रोहित सुनार छन् ।
भुलवश प्रहरीले बोकेको हतियार पड्किँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते प्रहरीलाई भेरि अस्पताल, नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment