ईजरायलका प्रधानमन्त्री नेतान्याहुविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
एजेन्सी । ईजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ। । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न भन्दा केही समय पहिला उनीविरुद्ध मुद्दा दायर भएको हो।
नेतान्याहुमाथि भ्रष्टाचार, धोखा र तीन अलग अलग भ्रष्टाचारको आरोप लागेको छ। महान्याधिबक्ता अभिचाई मंडेलब्लिटले मंगलबार यरुशेलम जिल्ला अदालतमा उनी विरुद्ध मुद्दा दायर गरेका हुन्। तर नेतान्याहुले भने आफूँ निर्दोष रहेका बताएका छन्।
यदि उक्त मुद्दामा दोषी ठहर भएमा नेतान्याहू ईजरायलको ईतिहासमा अभियोग सामना गर्ने पहिलो प्रधानमन्त्री बन्नेछन्। ईजरायलको कानुन अन्तर्गत नेतान्याहुले अहिले नै राजिनामा दिनु पर्दैन। उनी कानुनी प्रक्रिया मार्फत दोषी ठहर भएमा मात्र राजिनामा दिनु पर्ने हुन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment