सार्वजनिक बसमा पाकेट मारेर भाग्दै गर्दा ३ पाकेटमार पक्राउ
प्रतिनिधिमुलक तस्बिर
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन जना पाकेटमारलाई ११ हजार रुपैयाँसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका ७ घर भइ ललितपुर ठैब बस्दै आएका २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका ६ घर भइ ललितपुर गोदावरी बस्दै आएका २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका ८ घर भइ ललितपुर ठैब बस्दै आएका २० वर्षीय रुविन कठायत रहेका छन्।
मध्यपुर थिमि नगरपालिका ९ राधेराधेमा काठमाण्डौबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पाकेट मारेर भाग्दै गर्दा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिए।
पक्राऊ परेका तीन जनालाई मङ्गलबार नै चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप गरी मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment